प्रथम गोदावरी मेयर कपको फाइनलमा आज चन्द्रागिरि र काठमाडाैं महानगरबीच खेल हुने

Thankot Times

थानकोट ।

ललितपुरको गोदावरी नगरपालिका आयोजना भइरहेको प्रथम गोदावरी नगरपालिका मेयर कप फुटबल प्रतियोगिताको फाइनल खेल आज (शनिबार) खेलाइँदैछ ।

लगातारको वर्षाका कारण पटक पटक स्थगित भएको प्रतियोगिताको सेमीफाइनल खेलहरू बिहीबार च्यासलस्थित एन्फा टेक्निकल सेन्टरमा खेलाइएको थियो । 

फाइनल खेल भने गोदावरी नगरपालिका वडा नं. १० टाहाखेलस्थित बहुउद्देश्यीय खेल मैदानमा खेलाउने गोदावरी नगरपालिकाको तयारी छ । फाइनल खेल मध्यान्ह १२ बजे सुरु हुनेछ ।

उपाधिका लागि चन्द्रागिरि नगरपालिका र काठमाडाैं महानगरपालिकबीच खेल हुँदैछ । 

चन्द्रागिरिले सेमीफाइनलमा महालक्ष्मी नगरपालिका र काठमाडाैं महानगरपालिकाले सेमीफाइनलमा मध्यपुर थिमी नगरपालिकाको चुनाैती पन्छाउँदै उपाधि नजिक पुगेका थिए । 

जारी प्रतियोगितामा काठमाडाैं, ललितपुर र भक्तपुर जिल्लाका १३ स्थानीय तह र आयोजकका दुई टिम गरी विभिन्न १५ टिमले सहभागिता जनाएका थिए ।

प्रतियोगिताको विजेताले नगद पाँच लाख रूपैयाँ र दोश्रो स्थान टोलीले तीन लाख रूपैयाँ हात पार्नेछ । व्यक्तिगत विधाका विजेताले समान २५-२५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *