चित्लाङबाट हेटौंडातर्फ गइरहेको बस दुर्घटना

Thankot Times

थानकोट ।

मकवानपुरको चित्लाङबाट हेटौंडातर्फ गइरहेको यात्रुबाहक बस दुर्घटना भएको छ ।

चित्लाङबाट आइतबार बिहान ६ बजे छुटेको ना. ५ ख १५९० नम्बरको बस भीमफेदी जुरिखेत भन्ने स्थानमा दुर्घटना भएको हो ।

बस बिहान करिब ९ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा दुई जना यात्रु घाइते भएको र उनीहरुलाई उपचारका लागि हेटौंडा लगिएको बसका चालक सुवास लामाले जानकारी दिए ।

बस अनियन्त्रित भएर भित्तामा ठोक्किन पुगेको चालक लामाको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *