नैकाप ग्राउण्डका लागि आगामी वर्ष २ करोड उपलब्ध गराउने खेलकुद मन्त्रीको आश्वासन

Thankot Times

थानकोट ।

पश्चिम काठमाडाैंको एक मात्र व्यवस्थित खेल मैदान नैकाप फुटबल ग्राउण्डको स्तरोन्नतिका लागि युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले करिब २ करोड रूपैयाँ विनियोजनको आश्वासन दिनुभएको छ ।

गत शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य विष्णुकुमार श्रेष्ठ नेतृत्वमा मन्त्री श्रेष्ठलाई भेट गर्न पुगेको टोलीलाई मन्त्री श्रेष्ठले खेल मैदानको स्तरोन्नतिका लागि आर्थिक वर्ष २०८१-८२ का लागि नीति तथा कार्यक्रममा समावेशका लागि प्राथमिकता दिने प्रतिबद्धता जनाउनु भएको र पहिलो चरणका लागि करिब २ करोड रूपैयाँ विनियोजनको आश्वासन दिनुभएको चन्द्रागिरि नगरपालिका वडा नं. १४ नयाँ नैकापका वडाध्यक्ष राजभाइ महर्जनले जानकारी दिनुभयो ।

सो क्रममा वडाध्यक्ष महर्जनले नैकाप खेल मैदानको विस्तृत आयोजना प्रतिवेदन मन्त्री श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको थियो ।

भेटका क्रममा खेलकुद मन्त्री श्रेष्ठ तथा श्रम तथा रोजगार मन्त्री डोलप्रसाद अर्यालले समेत नैकाप फुटबल मैदान राष्ट्रिय रंगाशालाको विकल्पका रूपमा स्तरोन्नतिका लागि सरकारले  चासो दिने प्रतिबद्धता दिनुभएको बताइएको छ ।

चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी तथा चन्द्रागिरि नगरपालिका वडा नं. १४ नयाँ नैकापका वडाध्यक्ष राजभाइ महर्जनले गत माघ २ गते नैकाप फुटबल मैदानमा आयोजित २६ औँ भूकम्प सुरक्षा दिवस कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नैकाप फुटबल मैदानको आयोजना प्रतिवेदन बुझाउनु भएको थियो ।

नैकाप फुटबल मैदानको स्तरोन्नतिका लागि मेरो ध्यान गएको छ-प्रधानमन्त्री दाहाल


Leave a Reply

Your email address will not be published. Required fields are marked *