गोदावरी मेयर कप फुटबलः सेमीफाइनल खेलमा आज चन्द्रागिरि र महालक्ष्मी नगरबीच खेल हुने

Thankot Times

थानकोट ।

ललितपुरको गोदावरी नगरपालिका-१० टाहाखेलमा जारी प्रथम गोदावरी नगर मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत आज मंगलबार दुवै सेमीफाइनल खेल हुँदैछन् । 

दिनको दोश्रो खेलमा दिउँसो ३ः३० बजे चन्द्रागिरि नगरपालिकाले महालक्ष्मी नगरपालिकाको सामना गर्ने तालिका रहेको छ । 

क्वाटरफाइनल खेलमा छिमेकी नागार्जुन नगरपालिकामाथि ४-० गोलको सहज जित निकाल्दै चन्द्रागिरि नगरपालिका प्रतियोगिताको अन्तिम ४ मा प्रवेश गरेको हो भने महालक्ष्मी नगरपालिकाले दक्षिणकाली नगरको चुनाैती २-० ले पन्छाएको थियो । 

आज नै मध्यान्ह १२ः३० बजे प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा काठमााडाैं महानगरपालिकाले मध्यपुर थिमी नगरपालिकाको सामना गर्ने तालिका रहेको छ । 

आयोजक गोदावरी नगरपालिकाको बी टिमलाई २-१ गोल अन्तरले स्तब्ध बनाउँदै काठमाडौं महानगरपालिका प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो भने मध्यपुरले कीर्तिपुरको चुनाैती ५-४ समाप्त पारेको थियो ।

प्रतियोगितामा काठमाडाैं, ललितपुर र भक्तपुर जिल्लाका १३ स्थानीय तह र आयोजकका दुई टिम गरी विभिन्न १५ टिमले सहभागिता जनाएको आयोजक गोदावरी नगरपालिकाले जनाएको छ ।

प्रतियोगिताको विजेता टिमले ५ लाख र उपविजेताले ३ लाख पुरस्कार पाउने छन् ।

यस्तै अनुशासित टिमलाई ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर , फरवार्ड, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रतियोगिता गोदावरी नगरपालिकाले आयोजना गरेको हो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *