चन्द्रागिरि नगरसहित काठमाडौंका विभिन्न क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गर्नेको संख्या ३ हजार

Thankot Times

थानकोट।

संघीय राजधानी रहेको काठमाडौं जिल्लामा नै सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरेर बस्ने परिवारको संख्या ३ हजार बढी रहेको पाइएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले विभिन्न अध्ययन अनुसन्धानका आधारमा काठमाडौं जिल्लामा ३ हजार घरपरिवारले सार्वजनिक जग्गा अतिक्रमण गरी बसोबास गर्दै आइरहेको पाइएको जनाएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जितेन्द्र बस्नेतले केही समयअघि सहरी विकास मन्त्रालयले गरेको अध्ययन अनुसन्धानले काठमाडौंमा मात्रै सरकारी जग्गा अतिक्रमणमा ३ हजार घरपरिवार संलग्न रहेको देखाएको जानकारी दिनुभयो  नेपाल समाचार पत्र दैनिकमा खबर छ ।

कहाँ कहाँ भएका छन् अतिक्रमण ?
–काठमाडौं महानगरपालिका–१६ ढुंगेधारा नर्सरी चोक, कामनपा–७ सरस्वतीनगर शिवमन्दिर पञ्चायन मन्दिरको पूर्वपटि, कामनपा–१० बानेश्वर महादेवस्थान, कामनपा–४ प्रगति टोल धुम्बाराही, कामनपा–२६ सामाखुशी, कामनपा–६ रामहिटी बौद्ध
–बूढानीलकण्ठ नगरपालिका–३, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको रहेको विभिन्न स्थानका मध्यवर्ती क्षेत्र, सोही नपा–४ को मध्यवर्ती क्षेत्र, बूढानीलकण्ठ नपा–७, बूढानीलकण्ठ नपा–२ चपलीमा रहेको महादेव कोलोनी
–चन्द्रागिरि नगरपालिका–१०, चन्द्रागिरि नपा–८ मातातीर्थ क्षेत्र
–नागार्जुन नगरपालिका–७ केउरानी सामुदायिक वन क्षेत्र
–टोखा नगरपालिका–३, टोखा नपा–१ साविक झोर महांकाल गाविस
–गोकर्णेश्वर नगरपालिका तालिञ्चोक, देशेघाउ
–कीर्तिपुर नगरपालिका–५ साविक बालकुमारी वडा नं १ क
–तारकेश्वर नपा–२ साविक काभ्रेस्थली–७, तारकेश्वर नपा–७ र १ को सिमाना
–कागेश्वरी मनोहरा नपा–९ चन्द्रसूर्य टोल सेवा सामाजको दक्षिणतर्फ


Leave a Reply

Your email address will not be published. Required fields are marked *