नागढुङ्गाबाट समातिए २६ वर्षीय युवा

Thankot Times

थानकोट ।

नेपाल प्रहरीले चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट एक जना युवालाई पक्राउ गरेको छ । 

अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्रामसहित चितवन भरतपुर महानगरपालिका-१८ बस्ने २६ वर्षीय नजिन थापा मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो नागढुङ्गा शाखाबाट खटिएको संयुक्त टोलीले नारायणघाटबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश २-०३-००१ ज ००५१ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

यस सम्बन्धामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *