प्रथम गोदावरी मेयर कप फुटबलः भारी वर्षाका कारण दुवै सेमीफाइनल खेल स्थगित

Thankot Times

थानकोट । 

ललितपुरको गोदावरी नगरपालिकामा जारी प्रथम गोदावरी मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत मंगलबारका लागि तय गरिएका दुवै सेमीफाइनल खेल स्थगित गरिएका छन् । 

मंगलबार मध्यान्ह भारी वर्षा हुँदा मैदान हिलाम्मे भएपछि सेमीफाइनल खेल स्थगित गरिएको बताइएको छ ।

आज मध्यान्ह १२ः३० बजे प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा काठमााडाैं महानगरपालिकाले मध्यपुर थिमी नगरपालिकाको सामना गर्ने तालिका रहेको थियो भने दिनको दोश्रो खेलमा दिउँसो ३ः३० बजे चन्द्रागिरि नगरपालिकाले महालक्ष्मी नगरपालिकाको सामना गर्ने तालिका रहेको थियो । 

दुवै सेमीफाइनल खेल स्थगित भएपछि सम्बन्धित टोलीहरूसँगको छलफल पछि नयाँ खेल तालिका सार्वजनिक गरिने गोदावरी नगरपालिकाले जनाएको छ । 

प्रतियोगितामा काठमाडाैं, ललितपुर र भक्तपुर जिल्लाका १३ स्थानीय तह र आयोजकका दुई टिम गरी विभिन्न १५ टिमले सहभागिता जनाएको आयोजक गोदावरी नगरपालिकाले जनाएको छ ।

प्रतियोगिताको विजेता टिमले ५ लाख र उपविजेताले ३ लाख पुरस्कार पाउने छन् ।

यस्तै अनुशासित टिमलाई ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर , फरवार्ड, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *