‘अर्को सूचना जारी नभएसम्मका लागि मेयर कप फुटबल प्रतियोगिता स्थगित’-गोदावरी नगरपालिका

Thankot Times

थानकोट ।

ललितपुरको गोदावरी नगरपालिकामा जारी प्रथम गोदावरी मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत मंगलबारका लागि तय गरिएका दुवै सेमीफाइनल खेल स्थगित गरिएका छन् ।

मंगलबार पहिलो सेमीफाइनल खेल सुरु हुनासाथ मध्यान्ह भारी वर्षा हुँदा मैदान हिलाम्मे भएपछि सेमीफाइनल खेल स्थगित गरिएको थियो ।

गोदावरी नगरपालिकाले एक विज्ञप्ती जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि प्रतियोगिता अन्तर्गतका खेलहरू स्थगित गरिएको जनाएको छ ।

‘आकस्मिक वर्षातका कारणले यस नगरपालिकाको वडा नं. १० झय्लुम्टार, बहुउद्देश्य रंगशालामा मिति २०८१/०१/२५ गतेको प्रतियोगिता स्थगित गरिएको र यस पश्चातका खेलहरु अर्को सूचना प्रकाशन सम्मको लागि स्थगित गरिएको छ ।’ गोदावरी नगरपालिकाबाट जारी भएको विज्ञप्तीमा भनिएको छ ।

मंगलबार मध्यान्ह १२ः३० बजे प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा काठमााडाैं महानगरपालिकाले मध्यपुर थिमी नगरपालिकाको सामना गर्ने तालिका रहेको थियो भने दिनको दोश्रो खेलमा दिउँसो ३ः३० बजे चन्द्रागिरि नगरपालिकाले महालक्ष्मी नगरपालिकाको सामना गर्ने तालिका रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *