प्रज्ञान सहकारीमा रकम अपचलन प्रकरणः चन्द्रागिरि नगरपालिकाले जारी गर्यो यस्तो सूचना

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाले बलम्बुस्थित प्रज्ञान बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरूका रकम फिर्ता पाउनका लागि जाहेरी दिन सूचना जारी गरेको छ ।

मंगलबार एक सूचना जारी गर्दै नगरको आर्थिक विकास शाखाले हालसम्म रकम फिर्ता नपाएका सम्बन्धित बचत कर्ताहरूले थानकोटस्थित प्रहरी वृत्तमा बचत पास बुकको रसिद प्रमाण साथमा लिइ जाहेरी दिन सकिने जनाएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले प्रज्ञान बचत तथा ऋण सहकारी संस्थाको २२ करोड रुपैयाँ अपचलन गरेको आरोपमा २०७९ असार मा सहकारीका अध्यक्षसहित तीन जनालाई पक्राउ गरेको थियो ।

चन्द्रागिरि नगरपालिकाले जारी गरेको सूचना हेराैं


Leave a Reply

Your email address will not be published. Required fields are marked *