स्कुल टू ओलम्पिक कार्यक्रमका लागि ओलम्पिक खेलेका चार जना खेलाडी भोलि चन्द्रागिरि आउँदै

Thankot Times

थानकोट ।

स्कुल टू ओलम्पिक कार्यक्रममा सहभागिता जनाउन ओलम्पिक खेलमा सहभागिता जनाएका नेपालका चार जना खेलाडीले भोलि शुक्रबार चन्द्रागिरि नगरपालिका स्कुले विद्यार्थीहरूसँग साक्षात्कार गर्ने भएका छन् ।

चन्द्रागिरि नगरपालिका-०७ थानकोट चेकपोष्टस्थित महांकाल ब्याडमिन्टन कभर्ड हलमा भोलि शुक्रबार मध्यान्ह आयोजना हुने स्कुल टू ओलम्पिक कार्यक्रममा ओलम्पियनहरू बैकुण्ठ मानन्धर, विधान लामा, दिपक विष्ट तथा राजेन्द्र भण्डारीले सहभागिता जनाउने भएका हुन् ।

स्कुले विद्यार्थीहरूमा खेल गतिविधिप्रति प्रेरित गर्न, गराउने उद्देश्यले आयोजना हुन लागेको सो कार्यक्रममा एसियन गेम्सका सहभागीहरू दिपक श्रेष्ठ, दिपक महर्जन, एरिका गुरुङ लगायत सीता तामाङ, पूर्व क्रिकेटर ज्ञानेन्द्र मल्ल, फुटबलर अनिल गुरुङ, रशिला महर्जन, प्रतिभा माली लगायतका खेलाडी समेत उपस्थित हुने बताइएको छ ।

चन्द्रागिरि नगरपालिकाको आयोजनामा हुन लागेको सो कार्यक्रमलाई नेपाल ओलम्पिक एशोसियसनले समेत सहयोग गरेको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *