पदक विजेता खेलाडीलाई पुरस्कार प्रदान गर्ने सरकारको निर्णय

Thankot Times

थानकोट ।

सरकारले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट, कराँते, तेक्वान्दो र कबड्डी प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई पुरस्कार प्रदान गर्ने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । 

बैठकले युवा तथा खेलकुद मन्त्रालयले पेस गरेको प्रस्तावलाई अनुमोदन गरेसँगै ४२ जनाले पुरस्कार पाउने भएका छन् ।

अब १९औँ एसियन खेलकुदका पदक विजेता, क्रिकेट टिम र पारा तेक्वान्दो खेलाडी तथा प्रशिक्षकले नगद पुरस्कार पाउने भएका छन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *