चन्द्रागिरि नगरमा नमुना युवा नगर सभा प्रशिक्षण तथा अभ्यास कार्यक्रम सम्पन्न

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाको आयोजनामा यहि बैशाख २४ बाट सुरु भएको नमुना युवा नगर सभा प्रशिक्षण तथा अभ्यास कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।
नगर प्रमुख घनश्याम गिरीज्युको प्रमुख आतिथ्यतामा समापन भएको छ।
नगरको शिक्षा युवा तथा खेलकुद शाखाको संयोजनमा संचालित उक्त कार्यक्रममा नगरका सबै वडाहरूबाट प्रतिनिधिमुलक युवाहरुको उपस्तिथि रहेको थियो।
राष्ट्रिय युवा परिषद्का प्रशिक्षकहरुले सो कार्यक्रममा उपस्थित युवाहरुलाई नगर सभा संचालन, कार्यपालिका संचालन, नगरपालिकाको विभिन्न ऐन, कानुन तथा नियमावली, स्थानीय सरकार संचालन ऐन, नेपालको संविधान लगायत विभिन्न विषयमा प्रशिक्षण प्रदान गरेका थिए ।
चार दिने प्रशिक्षण कार्यक्रमको समापनका क्रममा नगरप्रमुख घनश्याम गिरी, उप प्रमुख बसन्ती श्रेष्ठ, नगर प्रवक्ता कृष्ण प्रसाद खड्गी, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल, नगरको सामाजिक विकास समितिका संयोजक तथा वडा अध्यक्ष घनश्याम लुइँटेल, शिक्षा शाखा प्रमुख सुजन राज खनाल, वरिष्ठ विद्यालय निरीक्षक बुद्धि प्रसाद भट्ट लगायत अन्य कर्मचारी तथा जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
नमुना युवा नगर सभा प्रशिक्षण तथा अभ्यास कार्यक्रमको समापन सत्रमा बोल्नुहुँदै नगर प्रमुख गिरीले सो किसिमको कार्यक्रमबाट नगरपालिका भित्रका युवाहरुबाट नेतृत्व तहमा पुग्न सक्ने व्यक्तित्व उत्पादन हुनुका साथ साथै युवाहरुलाई जनप्रतिनिधिहरुको अधिकार तथा कर्तव्य, नगरपालिकाको ऐन कानुन लगायतका विषयको बारेमा जानकारी  हुने धारणा राख्नुभएको नगरप्रमुखको सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *