प्रिन्स पेरिस ओलम्पिकका लागि छनोट, छनोट चरण पार गर्दै ओलम्पिकमा पुग्ने तेश्रो नेपाली खेलाडी

Thankot Times

थानकोट ।

 राष्ट्रिय च्याम्पियन तथा शीर्ष एक वरियतामा रहेका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल यसै वर्ष फ्रान्सको पेरिसमा आयोजना हुने ओलम्पिकका लागि छनोट भएका छन् ।

ब्याडमिन्टन वर्ल्ड फेडेरेसनले जारी गरेको सूचि अनुसार प्रिन्स युनिभर्सल कोटाबाट पेरिस ओलम्पिक २०२४ मा छनोट भएका हुन् ।

ब्याडमिन्टन वर्ल्ड फेडेरेसनले जारी गरेको सूचि अनुसार नेपालसँगै साल्भाडोर र काजकिस्तानका खेलाडी पहिलो पटक ओलम्पिकमा छनोट हुन सफल भएका छन्। प्रिन्सले अब ओलम्पिकमा नेपालको तर्फबाट मेन्स सिंग्ल्समा प्रतिस्पर्धा गर्नेछन् ।

विश्व ब्याडमिन्टन जुनियरमा शीर्ष १ मा रहिसकेका र हाल नेपाल ब्याडमिन्टन संघको शीर्ष १ मा रहेका प्रिन्सले पछिल्लो समय ब्याडमिन्टन एसिया च्याम्पियनसिपमा राम्रो प्रर्दशन गरेका थिए ।

प्रतियोगिताको मुख्य राउण्डमा पुगेका प्रिन्स शीर्ष वरियता खेलाडीसँग भने पराजित भएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *