गोदावरी मेयर कपः लगनखेलबाट च्यासल सर्यो सेमीफाइनल खेल

Thankot Times

थानकोट ।

निरन्तरको वर्षापछि ललितपुरको गोदावरीमा नगरपालिकामा जारी गोदावरी मेयर कप फुटबल प्रतियोगिताको खेल स्थल परिवर्तन गरिएको छ । 

प्रतियोगिताका अन्तिम तीन खेल बाँकी रहँदा पछिल्लो समय निरन्तर वर्षा हुँदा खेल स्थल गोदावरी नगरपालिका १० टाहाखेलस्थित खेल मैदान हिलाम्मे भएपछि निर्धारित सेमीफाइनल र फाइनल खेलका लागि खेल स्थल नै परिवर्तन गर्ने निर्णयमा आयोजक गोदावरी नगरपालिका पुगेको हो । आज प्रतियोगिता अन्तर्गतका दुवै सेमीफाइनल खेल ललितपुरकै च्यासल सारिएको छ ।

पहिलो खेलमा बिहान १०ः४५ बजे चन्द्रागिरि र महालक्षमी खेल्ने तालिका बनाइएको छ । सो पछि दोश्रो खेल सुरु हुनेछ जहाँ मध्यपुर थिमी नगरपालिका र काठमाडाैं महानगरपालिकाबीच खेल हुने तालिका छ । 

फाइनल खेल शनिबार हुनेछ ।

ललितपुरको गोदावरी नगरपालिका-१० टाहाखेलमा जारी प्रतियोगितामा काठमाडाैं, ललितपुर र भक्तपुर जिल्लाका १३ स्थानीय तह र आयोजकका दुई टिम गरी विभिन्न १५ टिमले सहभागिता जनाएको आयोजक गोदावरी नगरपालिकाले जनाएको छ ।

बैशाख २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद पाँच लाख रूपैयाँ र दोश्रो स्थान टोलीले तीन लाख रूपैयाँ हात पार्नेछ । व्यक्तिगत विधाका विजेताले समान २५-२५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *