कतै यात्रा गर्दै हुनुहुन्छ ? जान्नुहोस आज दिनभरको माैसम पूर्वानुमान

Thankot Times

थानकोट । 

देशका केही स्थानमा आज वर्षाको सम्भावना रहेको छ ।

कर्णाली, सुदूरपश्चिम, कोसी र लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागका केही स्थानमा वर्षाको सम्भावना रहेको हो । 

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ । बाँकी भू–भागमा मौसम आंशिकदेखि मुख्यतया सफा छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

विभागले दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । कोसी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । 
आज राति पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ