अन्तर्राष्ट्रिय संवाद कार्यक्रम उद्घाटनका लागि प्रधानमन्त्री दाहाल आज चन्द्रागिरि आउने तालिका
थानकोट ।
चन्द्रागिरि हिल्समा आजबाट दुई दिने अन्तर्राष्ट्रिय संवाद सुरु हुँदैछ ।
सो कार्यक्रमका लागि तयारी पूरा भएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।
हिमाल, मानव र जलवायु परिवर्तनबारेको संवादमा विभिन्न देशका ६१ विदेशी विज्ञ तथा पाहुनाको सहभागिता रहनेछ ।
जसमा विभिन्न मुलुकका मन्त्रीहरू तथा यूएनएफसीसीसीको सचिवालयका प्रतिनिधि, संयुक्त राष्ट्र सङ्घका निकायका प्रतिनिधि, विश्व बैंक, एशियाली विकास बैंकलगायत निकायका प्रतिनिधि संवादमा सहभागी हुनेछन् ।
नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायुले हिमालमा पारेको विषयलाई महत्त्वका साथ उठाउँदै आएको र अब नेपालले हिमालका मुद्दामा नेतृत्व लिएर यो विषयलाई अन्तर्राष्ट्रिय रूपमै संस्थागत गर्न संवाद महत्त्वपूर्ण बताइएको छ ।
संवादमा सहभागी हुन संयुक्त राष्ट्र सङ्घीय जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक र प्राविधिक सल्लाहका लागि सहायक निकायका अध्यक्ष ह्यारी ब्रेउल्सको सहभागिता रहनेछ ।
संवादको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उद्घाटन गर्ने तालिका रहेको छ ।










