टी-२० विश्वकप क्रिकेट-२०२४ः पहिलो अभ्यास खेलमा आज नेपाल र क्यानडाबीच प्रतिस्पर्धा हुने

Thankot Times

थानकोट । 

आइसीसी टी-२० विश्व कप अघिका अभ्यास खेल आजदेखि शुरु हुँदैछन् ।

आज नेपालले पहिलो अभ्यास खेलमा क्यानडाको सामना गर्दैछ ।

अमेरिकाको डल्लासस्थित क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि शुरु हुनेछ।

नेपाल र क्यानडावीच अहिलेसम्म एक मात्र टी-२० अन्तर्राष्ट्रिय खेल भएको छ । २०२२ को फेब्रुअरी २१ मा भएको सो खेल नेपालले जितेको थियो ।

आइसीसीको टी-२० वरियतामा नेपाल १७औं स्थानमा छ भने क्यानडा २३औं स्थानमा रहेको छ ।    

नेपालले यो खेलपछि मे ३० मा डलासमै अमेरिकाविरुद्ध खेल्ने तालिका रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *