नेपालको खेल प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाउन चन्द्रागिरि नगरलाई खेलकुद मन्त्रालयको अनुरोध!

Thankot Times

थानकोट ।

युवा तथा खेलकुद मन्त्रालयले अमेरिकामा भइरहेको आईसीसी टी-२० विश्वकप क्रिकेटको प्रत्यक्ष प्रसारण गर्न स्थानीय तहलाई पत्राचार गरेको छ ।

मन्त्रालयले पत्र काट्दै सबै स्थानीय तहलाई स्रोत र साधन बमोजिम उपयुक्त स्थानमा आईसीसी टी-२० विश्वकपको प्रत्यक्ष प्रसारण गर्न पत्राचार गरेको हो ।

नेपाल पनि सो प्रतियोगितामा सहभागी भएको उल्लेख गर्दै मन्त्रालयले नेपाली खेल प्रेमीको हौसला बढाउने वातावरण बनाउन स्थानीय तहलाई आग्रह गरेको हो ।

विश्वकपमा आज नेपालले नेदरल्यान्ड्ससँग आफ्नो पहिलो खेल खेल्दैछ । खेल आज राति सवा ९ बजेबाट सुरु हुँदैछ । काठमाडौं महानगरपालिकाले भने टुँडिखेलसहित महानगरका विभिन्न स्थानमा खेल प्रत्यक्ष प्रशारणको व्यवस्था गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *