विश्व वातावरण दिवसः चन्द्रागिरिमा रोपिए औषधीय गुण भएका वनस्पतीका बिरुवा

Thankot Times

थानकोट।

विश्व वातावरण दिवस जुन ५ का अवसरमा बुधबार चन्द्रागिरि नगरपालिका-४ स्थित थानकोटमा औषधीय गुण भएका बिरुवा रोपिएको छ । 

चन्द्रागिरि हिल्स लिमिटेडद्वारा आयोजित वृक्षा रोपण कार्यक्रममा चन्द्रागिरि केबलकारको तल्लो स्टेसन परिसरमा वनजाई, चुत्रो, टिम्बुर, कागत पाते (लोक्ता) गुराँस, निगालो र जमानेमान्द्रो लगायतका वनपस्पतीका बिरुवा लगाइएको हो । 

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, चन्द्रागिरि नगरपालकिा वडा नंं ४ का वडाध्यक्ष एवं नगरप्रवक्ता कृष्णप्रसाद खड्गी, चन्द्रागिरि हिल्स लिमिटेडका सहमहाप्रबन्धक श्याम तण्डुकार लगायतले सो अवसरमा वृक्षरोपण गरेका थिए ।

सो अवसरमा नगरप्रमुख गिरीले प्राकृतिकरूपले सुन्दर चन्द्रागिरिको सुन्दरतालाई जोगाइराख्न नगरपालिकाले उच्च प्राथमिकता दिएको बताए। 

उनले भने, ‘वृक्षरोपण गरिएका बिरुवालाई हुर्काउन र यहाँको प्राकृति वातावरण जोगाइराख्न हिल्सले थप ध्यान दिनुपर्छ ।’ 

लिमिटेडका मानवसंसाधन प्रमुख झलकराज शर्माका अनुसार नयाँ पुस्तालाई एकपटक लगाएर वर्षौँ लाभ लिन सकिने बोटबिरुवासँग परिचित गराउने उद्देश्यले वृक्षरोपण गरिएको हो । रोपणका साथमा संरक्षण तथा संवर्द्धनका लागि समेत  हिल्सले विशेष पहल गरेको जनाइएको छ । पछिल्लो समय चन्द्रागिरि केबुलकार आसपास करिब १७ हजार बोटबिरुवा हुर्किरहेको जानकारी उनले दिए । 

हिल्समा विगत एक दशकदेखि वनस्पति संरक्षण गरिरहेका वनस्पतिविद् विन्देश्वर रायका अनुसार केबुलकार परिसरमा सकेसम्म रैथाने वनस्पतिलाई नै हुर्काउने नीतिअनुसार त्यस्तै बिरुवाको बेर्ना तयारी गरी रोपिएको हो । 

यसैगरी स्टेसन परिसरमै सुन्तला, आरु, आरुबखडा, नास्पाती, हलुवावेद, खुर्पानी, लप्सी र अम्बाका जस्ता फलफूल समेत गरी कूल दुई सय बिरुवा लगाइएको जानकारी पनि वनस्पतिविद् रायले बताए । 

प्रतिनिधि तस्बिर


Leave a Reply

Your email address will not be published. Required fields are marked *