आज नेशनल अटोक्रश च्याम्पियनसीप हुँदै, मातातिर्थमा समापन समारोह

Thankot Times

थानकोट ।

नेपाल मोटर स्पोर्ट्स एन्ड रोड सेफ्टि फेडेरेसन (एनएमआरएफ) को आयोजनामा आज शनिबार ललितपुर-चन्द्रागिरि सम्पदा कार र्‍याली आयोजना हुँदै छ ।  

विश्व पर्यावरण दिवसको अवसर पारेर सम्पदा कार र्‍याली र राष्ट्रिय अटोक्रस च्याम्पियनसिप आयोजना गरिन लागेको हो । 

एनएमआरएफका अध्यक्ष दीपक आचार्यले मोटर स्पोर्ट्समार्फत नेपालका मनोरम तथा पुरातात्त्विक सम्पदाको प्रचार प्रसार गर्ने उद्देश्यसहित र्‍यालीको आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

र्‍याली  ललितपुरको जावलाखेल फुटबल मैदानबाट सुरु भई विभिन्न सम्पदाहरू पाटन कृष्णमन्दिर, काठमाडौँको स्वयम्भू स्तुपा, ऐतिहासिक कीर्तिपुर सहरको पुरातात्त्विक सम्पदा हुँदै चन्द्रागिरि नगरपालिका-०६ मातातिर्थमा पुगेर सकिनेछ । 

र्‍यालीमा २५ कारको सहभागिता रहनेछ ।

सहभागी खेलाडीले मुख्यगरी समय, गति, दुरी, र्‍याली र अटोक्रसलाई ध्यान दिनुपर्नेछ । सबैभन्दा सटिक प्रतिस्पर्धी क्रमशः विजेता, उपविजेता र तेस्रो हुनेछ । 

यस्तै अटोक्रोसमा राष्ट्रिय ड्राइभरहरूले उत्कृष्ट प्रदर्शनी गर्ने आयोजकले जनाएको छ । नेपाल अटोमोबाइल एसोसिएसन (नासा नेपाल) का अगुवाइमा मोटरसँग सम्बन्धित खेलकुद प्रतियोगिता सञ्चालन भइरहेको छ ।

नासा नेपाल अन्तर्राष्ट्रिय अटोमोबाइल खेलहरूको नियामक संस्था एफआईए तथा राष्ट्रिय खेलकुद परिषद् बाट मान्यता प्राप्त सङ्घ हो । नासा नेपालमा अनुबन्धित एनएमआरएफमा अनुभवी खेलाडी रहेका छन् ।

समापन समारोह बिहान ९ बजेबाट चन्द्रागिरि नगरपालिका-०६ मातातिर्थमा हुने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ