थानकोट चेकपोष्टमा फेला पर्यो भन्सार छलेर ल्याइएको ३६० केजी काजु
थानकोट ।
नेपाल प्रहरीले त्रिभुवन राजपथ अन्तर्गत थानकोट चेकपोष्टबाट भन्सार छलेर ल्याइएको ३६० केजी काजु बरामद गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार थानकोटस्थित बञ्जला पेट्रोल पम्पनजिक सडकमा सर्लाहीबाट काठमाडौं आउँदै गरेको एक यात्रु बसमा सो परिमाणको काजु फेला परेको हो ।
प्रहरीका अनुसार बागमती प्रदेश ०३-००१ ख. १८०८ नम्बरको यात्रुबाहक बसबाट भन्सार छलेर ल्याइएको ३६० किलो काजु बरामद गरिएको हो ।
घटनाका सन्दर्भमा वृत्त थानकोटबाट थप अनुसन्धान जारी रहेको बताइएको छ ।










