असार १ गतेसम्म चन्द्रागिरि नगरका विभिन्न क्षेत्रमा दैनिक ४ घण्टा विद्युत सेवा अवरुद्ध हुने

Thankot Times

थानकोट ।

असार १ गतेसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ ।

कीर्तिपुर, कुलेश्वर र जोरपाटी वितरण केन्द्रअन्तर्गतका विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि बिजुली कटौती गर्न लागिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

बिजुली बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कटौती हुनेछ ।

भोलि सोमबार रोपवे र मच्छेगाउँ फिडरअन्तर्गतको नगाउँ क्षेत्र, मंगलबार थानकोट फिडरअन्तर्गत पर्ने नैकापदेखि बल्खु पुलसम्मको क्षेत्रमा बिजुली कटौती हुनेछ ।

बुधबार कीर्तिपुर फिडरअन्तर्गत पाँगा सडक क्षेत्र, शुक्रबार बलम्बु फिडरअन्तर्गत गुर्जुधारा र सतुंगल क्षेत्र तथा शनिबार मूलपानी फिडरअन्तर्गत पर्ने फिकल चोकदेखि बाबाचोकसम्मको क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ