युरो कप-२०२४ आजदेखि, उद्घाटन खेलमा जर्मनी र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुँदै
थानकोट ।
विश्वकप फुटबल पछिको दोश्रो लोकप्रिय फुटबल उत्सव युरोकपको १७औँ संस्करण आजदेखि जर्मनीमा सुरु हुँदैछ ।
यस पटक जर्मनीका १० वटा सहरका रंगशालामा युरोकपका खेल हुँदैछन् ।
प्रतियोगितामा २४ वटा टोलीको सहभागिता रहेको छ ।
फाइनल जुलाई १४ मा बर्लिनको ओलम्पिक स्टेडियममा हुनेछ ।















