चेकपोष्ट-सतुङ्गल सडकः घाम लाग्दा कुहिरीमण्डल धुलो, पानी पर्दा हिलो

Thankot Times

थानकोट।

चन्द्रागिरि नगरपालिकामा राष्ट्रिय गाैरवको आयोजना नागढुङ्गा-सिस्नेखोला सुरुङ मार्ग, सो सुरुङसम्म पुग्ने पहुँच मार्ग तथा फ्लाइओभर निर्माणको कार्य जारी छ ।

सो परियोजना अन्तर्गत त्रिभुवन राजपथको चन्द्रागिरि नगरपालिका-०५ को दुरसञ्चार क्षेत्रमा फ्लाइओभर निर्माणको कार्य जारी छ ।

फ्लाइओभर निर्माणका लागि सडकमा सवारी साधन डाइभर्सन गरिएको छ ।

डाइभर्सन गरिएको सडक केही कालोपत्रे भएपनि केहीमा कच्ची नै छ ।

जहाँ घाम लाग्दा सडक धुलाम्मे हुने गरेको छ भने पानी पर्दा सडक हिलाम्मे ।

जसका कारण निर्माणस्थल वरपरका घरमा बसोबास गर्ने बासिन्दा तथा व्यापार व्यवसाय गर्नेहरू, पैदलयात्री एवं सवारी साधनहरूले सास्ती पाउँदै आएका छन् ।

बुधबार राति चन्द्रागिरि नगर क्षेत्रमा भारी वर्षा हुँदा दुरसञ्चार क्षेत्रको फ्लाइओभर निर्माणस्थलको मूल सडक जलमग्न भएको थियो भने सवारी साधन गुडेसँगै सडक हिलाम्मे भएको छ ।

बिहीबार बिहानैबाट चर्को घाम लाग्दा अहिले सो फ्लाइओभर निर्माणस्थलको वातावरण धुलाम्मे छ ।

फ्लाइओभर निर्माणस्थलको धुलो सतुङ्गल र थानकोट चेकपोष्ट सम्म पुग्दा आकाश कुहिरीमण्डल जस्तै देखिन्छ ।

सुरुङ मार्ग आयोजनाले सडकमा धुलो कम गर्न समय-समयमा पानी हाल्ने गरेको भएपनि सो पर्याप्त नभइरहेको सन्दर्भमा भारी वर्षा हुँदा सडकको धुलोमाटो सवारी साधनले परपरसम्म पुर्याउन थालेपछि थानकोट-कलंकी सडक खण्ड दिउँसै अँध्यारो हुन थालेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ