थानकोटसहित चन्द्रागिरि नगरका अधिकांश क्षेत्रमा आजपनि ७ घण्टासम्म विद्युत सेवा अवरुद्ध हुने
थानकोट ।
आज आइतबार पनि चन्द्रागिरि नगर क्षेत्रमा विभिन्न स्थानमा बिहान १० बजेबाट विद्युत सेवा अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरणका अनुसार आज बलम्बु उपवितरण केन्द्र अन्तर्गत मातातिर्थ फिडरका केही स्थानमा विद्युत सेवा अवरुद्ध हुनेछ ।
आज थानकोट, सिलाफल क्षेत्रमा कन्डक्टर स्तरोन्नतिका लागि बिहान १० बजेबाट साँझ ५ बजेसम्म विद्युत सेवा विच्छेद गरी कार्य गरिनेछ ।
प्राधिकरणले आज थानकोट, सिलाफल, नेपाल आयल निगम, चन्द्रागिरि प्लटिङ, त्रिवेणी घाट, ओम कारेश्वर, वाणस्थली लगायतका क्षेत्रमा विद्युत हुने जनाएको हो ।
पूर्व निर्धारित कार्य तोकिएको समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत प्राधिकरणले जानकारी गराएको छ ।
पछिल्लो समय चन्द्रागिरि नगरक्षेत्रमा विद्युत लाइनहरू मर्मत तथा स्तरोन्नतिको कार्य भइरहँदा विद्युत सेवा प्रभावित भइरहेको छ।
यसैगरी मच्छेगाउँ क्षेत्रमा पनि आज विद्युत सेवा अवरुद्ध हुुनेछ ।
नेपाल विद्युत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयका अनुसार आज आइतबार प्राधिकरणको लाइनर फिडर ११ केभी इन्कमर अन्तर्गत मातातीर्थ फिडर अन्तर्गत बिहान १० बजेदेखि १२ बजेसम्म, सतुंगल फिडरमा दिउँसो १२ देखि २ बजेसम्म बत्ती जाने छ ।
त्यस्तै, मच्छेगाउँ फिडरमा दिउँसो २ देखि ४ बजेसम्म बत्ती जानेछ । त्यस्तै, फर्पिंग फिडरमा भने बेलुका ४ देखि ६ बजेसम्म बत्ती जानेछ ।










