चन्द्रागिरि क्षेत्रमा चार्टर्ड हेलिकप्टर उडान र अवतरणमा रोक

Thankot Times

थानकोट ।

नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ८ किमि वरपर चार्टर्ड हेलिकोप्टर उडान तथा अवतरणमा लगाएको रोकलाई निरन्तरता नै दिने भएको छ । 

मनसुन बढेसँगै आन्तरिक तथा अन्तर्राष्ट्रियतर्फका नियमित उडान व्यवस्थापनमा काठमाडौं टावरमा रहने एयर ट्राफिक कन्ट्रोलरलाई उडान सुरक्षा चुनौती कायमै भएकाले यो निर्णयलाई निरन्तरता नै दिइएको प्राधिकरणका उपप्रबन्धक ज्ञानेन्द्र भुलले जनाएको इकान्तिपुरमा खबर छ ।

‘काठमाडौं खाल्डो वरपर जहाज अवतरण गर्ने र उड्ने रुटमा पर्ने ललितपुरको लाकुरीभन्ज्याङ, चन्द्रागिरि, गौशाला आसपासमा चार्टर्ड हेलिकोप्टरलाई यो रुटमा पर्ने होटल तथा अस्पतालका हेलिप्याडमा उडान तथा अवतरणमा लगाइएको रोकलाई निरन्तरता नै दिइएको छ,’ भुलले भने । तर यी क्षेत्रमा आकस्मिक रूपमा हुने उद्धार तथा बिरामी सेवासम्बन्धी उडानलाई भने प्राथमिकता नै दिइएको छ । ‘पर्यटकीय उद्देश्यबाहेक मेडिकल तथा अन्य उद्धारजन्य हेलिकोप्टर चार्टर्ड उडानलाई रोक लगाइएको छैन,’ भुलले भने ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *