काभा यू-२० महिला भलिबल च्याम्पियनसिप: न्यु डायमण्डकी जेनिशाले नेपालको कप्तानी गर्ने

Thankot Times

थानकोट।

चन्द्रागिरि नगरपालिका नैकापस्थित न्यु डायमण्ड स्पोर्ट्स क्लबबाट भलिबल खेल्दै आएकी  उदियमान स्पाइकर जेनिशा विश्वकर्माले माल्दिभ्समा आयोजना हुने काभा यु-२० महिला भलिबल च्याम्पियनसिपमा नेपाली युवा टोलीको कप्तानी सम्हाल्ने भएकी छिन् ।

काभा यू-२० महिला भलिबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले श्रीलंकाविरुद्ध खेल्नेछ । मंगलबार सार्वजनिक तालिकाअनुसार नेपालले श्रीलंकालाई पहिलो प्रतिद्वन्द्वीको रूपमा पाएको हो । यी दुई टिमबीचको खेल माल्दिभ्सको मालेसिटीस्थित सोसल सेन्टरमा जुलाई १८ मा हुनेछ ।

प्रतियोगिताको दोस्रो खेलमा नेपालले जुलाई १९ मा कीर्गिस्तानविरुद्ध खेल्नेछ । यस्तै, लिग चरणको तेस्रो खेलमा नेपालले जुलाई २० मा माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । कुल चार टिमको सहभागिता रहेको प्रतियोगिता राउन्ड रोविन पद्धतिमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा नेपालसँगै माल्दिभ्स, श्रीलंका र कीर्गिस्तानको सहभागिता छ । प्रतियोगिताका चारवटै टिम अंकका आधारमा शीर्ष, दोस्रो, तेस्रो र चौथो स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

सेमिफाइनलमा लिग चरणको शीर्ष स्थानको टिमले पुछारको टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

यस्तै, दोस्रो र तेस्रो टिमले दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको फाइनल खेल जुलाई २३ मा हुनेछ ।

यस्तो छ खेल तालिकाः 

तस्बिरः हाम्रो खेलकुदबाट


Leave a Reply

Your email address will not be published. Required fields are marked *