श्रीलंका र भारत महिला एशिया कप क्रिकेटको फाइनलमा

Thankot Times

थानकोट ।

घरेलु टोली श्रीलंका र सर्वाधिक सफल टोली भारत जारी महिला एशिया कपको फाइनलमा पुगेको छन् ।

शुक्रबार राती सम्पन्न दोस्रो सेमिफाइनल खेलमा श्रीलंकाले पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको छ ।

पाकिस्तानले दिएको १४१ रनको लक्ष्य पछाएको श्रीलंकाले १९.५ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यस अघि पाकिस्तानले पहिला ब्याटिंङ गर्दै २० ओभरमा ४ विकेट गुमाउँदै १४० रन बनाएको थियो ।

श्रीलंकाले फाइनलमा भारतको सामना गर्ने छ ।

शुक्रबार नै सम्पन्न पहिलो सेमिफाइनल खेलमा भारतले बंगलादेशलाई १० विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो ।

फाइनल खेल आइतबार हुने छ ।

तस्बिरः गेट्टी इमेज


Leave a Reply

Your email address will not be published. Required fields are marked *