महिला एशिया कप-२०२४ को उपाधि आयोजक श्रीलंकालाई, फाइनलमा भारत ८ विकेटले पराजित
थानकोट ।
भारतलाई पराजित गर्दै महिला एशिया कप-२०२४ को उपाधि आयोजक श्रीलंकाले जितेको छ ।
भारतले पेश गरेको १६५ रनको मजबुत लक्ष्य घरेलु टोली श्रीलंकाले २ विकेटको क्षतिमा १९औ ओभरमा पूरा गर्यो ।
श्रीलंकाले पहिलोपटक महिला एशिया कप क्रिकेटको उपाधि जितेको हो । भारतले ७ पटक यस उपाधि जितेको छ ।














