पेरिस ओलम्पिक २०२४ः पाैडीका एलेक्स शाहले आज प्रतिस्पर्धा गर्दै

Thankot Times

थानकोट ।

जारी पेरिस ओलम्पिकमा नेपाली पौडीबाज एलेक्स शाहले आज प्रतिस्पर्धा गर्दैछन् ।

२२ वर्षीय एलेक्सले पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् ।

पेरिसस्थित डा डिफेन्स एरेनामा हुने इभेन्टमा एलेक्स हिट ३ मा प्रतिस्पर्धा गर्नेछन् ।

यस हिटमा एलेक्ससहित ८ प्रतिस्पर्धी छन् भने कूल ८९ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

१०० मिटर फ्रिस्टाइलमा एलेक्सकै नाममा राष्ट्रिय कीर्तिमान छ । उनले गत फेब्रुअरीमा कताको दोहामा भएको वर्ल्ड च्याम्पियनसिपमा ५२.१७ सेकेण्डको राष्ट्रिय कीर्तिमान बनाएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *