पेरिस ओलम्पिक: नेपाली पौडीवाज शाहको राष्ट्रिय कीर्तिमान

Thankot Times

थानकोट ।

नेपाली पौडी खेलाडी एलेक्जेन्डर शाहले पेरिस ओलम्पिकमा आफ्नै नामको राष्ट्रिय कीर्तिमानमा सुधार गरेका छन् ।

मंगलबार सम्पन्न खेलमा पुरुष १०० मिटर फ्रि–स्टायलमा प्रतिस्पर्धा गरेका शाहले ५१.९१ सेकेन्डको समय निकाल्दै आठ खेलाडी रहेको हिटमा तेस्रो भएका थिए । यो सँगै उनले नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेका हुन्। यद्यपि उनी प्रतियोगिताबाट भने बाहिरिएका छन् ।

उनले गत फेब्रुअरीमा कताको दोहामा भएको विश्व च्याम्पियनसिपमा ५२.१७ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएका थिए ।

एलेक्सले वाइल्ड कार्डमार्फत् पेरिस ओलम्पिकमा पुगेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *