काभा महिला भलिबल नेसन्स लिगः भारतविरुद्ध नेपालको ऐतिहासिक जित
थानकोट ।
काठमाडाैंमा जारी काभा महिला भलिबल नेसन्स लिगमा भारतविरुद्ध नेपालले ऐतिहासिक जित हात पारेको छ ।
शनिबार सम्पन्न प्रतिस्पर्धात्मक खेलमा नेपाल चिरपरिचित टोली भारतविरुद्ध ३-२को सेटमा विजयी भएको हो ।
खेलमा नेपाल २५–१८, १२–२५, २५–१७, १८–२५ र १५–१३ को सेटमा विजयी भयो ।
महिला भलिबलमा भारतमाथि नेपालको यो पहिलो जित हो ।
यो खेलको समाप्तिमा नेपालको दुई खेलबाट ५ अंक पुगेको छ ।
तीन खेल खेलेको भारत ७ अंक जोडेर शीर्षस्थानमा छ ।
च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलंका, माल्दिभ्स र इरानको सहभागीता रहेको छ ।
तस्बिरः हाम्रो खेलकुद














