काभा विच भलिबलः महिलातर्फको उपाधि नेपाललाई, पुरुषतर्फ नेपाल दोश्रो
थानकोट ।
भुटानको थिम्पुमा शनिबार सम्पन्न काभा विच भलिबलको महिलातर्फको उपाधि नेपालकी कमला र मनीषाको जोडीले जितेको छ ।
उज्वेकिस्तानका खेलाडीलाई २-० को सोझो सेटमा हराउँदै कमला पुन र मनीषा चौधरीको जोडी उपाधि जित्न सफल भएका हुन ।
उनीहरुले २१-१७ र २१-१४ को सेटमा विजयी भए ।
पुरुषतर्फ भने नेपालका मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडी उपविजेतामा बनेका छन् ।
उनीहरु मालदिभ्स ए टिमका खेलाडीसँग २-० को सोझो सेटमा पराजित भए ।
प्रतियोगितामा पुरुष तर्फ १० टोली र महिला तर्फ ७ टोलीको सहभागिता रहेको थियो ।














