काभा वुमन्स नेसन्स भलिबल लिगः आज नेपालको सामना माल्दिभ्ससँग

Thankot Times

थानकोट ।

काठमाडौंमा जारी काभा वुमन्स नेसन्स भलिबल लिगअन्तर्गत आज नेपालले माल्दिभ्ससँग खेल्दै छ ।

खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज साँझ ५:१५ बजेदेखि शुरु हुने छ ।

नेपालले जारी प्रतियोगितामा यसअघि खेलेका ३ खेलमा २ जित र एक हारसहित ६ अंक हासिल गरेको छ ।

त्यस्तै माल्दिभ्सले भने यस अघि खेलेका तिनै खेलमा हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिइसकेको छ ।

आज नै भारत र श्रीलंकाबीच पनि खेल हुँदै छ ।

आयोजक नेपालसहित भारत, इरान र श्रीलंका प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेका छन् भने आजका खेलले सेमिफाइनलको समीकरण तय गर्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *