काभा महिला नेसन्स भलिबल लिगका दुवै सेमीफाइनल खेल आज, नेपालले इरानविरुद्ध खेल्दै

Thankot Times

थानकोट ।

काठमाडौँमा जारी काभा महिला नेसन्स भलिबल लिग अन्तर्गत सेमिफाइनलका खेलहरू आज हुँदै छन् ।

दुवै खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुनेछन्, पहिलो सेमीफाइनल खेलमा अपराहन्न ३ बजे भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै, दोस्रो सेमिफाइनल खेलमा नेपाल र इरानबीच अपराहन्न ५:१५ बजे खेल शुरु हुने छ ।

समुह चरणको खेलको समाप्तिपछि भारत १० अंकसहित शिर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो भने नेपाल ९ अंकसहित दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो ।

त्यस्तै, इरान ७ अंकसहित तेस्रो भएर सेमिफाइनलमा पुगेको हो भने श्रीलंका ४ अंकसहित चौथो हुँदै सेमिफाइनलमा स्थान पक्का गर्न सफल भएको हो ।

पाँच टोली सम्मिलित प्रतियोगितामा माल्दिभ्स लिग चरणबाटै बाहिरिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *