काभा महिला भलिबल नेसन्स लिगको फाइनल आजः उपाधिका लागि नेपाल र भारत भिड्दै

Thankot Times

थानकोट।

काठमाडाैंमा जारी काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा आज नेपालले भारतको सामना गर्दै छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने फाइनल खेल साँझ ५ बजेदेखि शुरु हुने छ ।

मंगलबार सम्पन्न सेमिफाइनल खेलमा नेपालले इरानलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।

त्यस्तै पहिलो सेमिफाइनलमा भारतले श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।

लिग चरणमा नेपालले भारतलाई पराजित गरिसकेको हुनाले आज फाइनलमा नेपाल उच्च मनोबलका साथ खेल्दै छ ।

फाइनल खेलमा खेलाडीको मनोबल बढाउन प्रधानमन्त्री केपी शर्मा ओली समेत उपस्थिति हुने भएका छन् ।

त्यस्तै, आजै तेस्रो स्थानको खेल इरान र श्रीलंकाबीच दिउँसो २ बजेदेखि हुने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *