क्युबाका कुस्तीबाजले जिते ५ ओलम्पिकमा लगातार स्वर्ण

Thankot Times

थानकोट ।

जारी पेरिस ओलम्पिकमा क्युबाका कुस्तीबाज मिजेन लोपेजले स्वर्ण पदक जितेका छन्।

उनले लगातार पाँच ओलम्पिकमा एउटै स्पर्धामा पाँच पटक स्वर्ण पदक जितेर कीर्तिमान बनाएका छन् ।

४१ वर्षीय लोपेजले चिलीका कुस्तीबाज यास्मिन अकोस्टालाई हराएर कीर्तिमान आफ्नो नाममा बनाएका हुन् ।

उनले पुरुषतर्फ ग्रिको–रोमन कुस्तीको एक सय ३० किलो श्रेणीमा स्वर्ण पदक जितेका हुन् ।

मिजेल लोपेजले ओलम्पिक खेलमा खेलेका २३ मध्ये मात्र एक खेल हारेका छन् ।

ओलम्पिकमा लगातार चार पटक स्वर्ण पदक जित्नेमा लोपेजसहित कार्ल लुई, माइकल फेल्प्स, केटी लेडेकी, अल ओर्टर, पल एल्वस्ट्राम र काओरी इको छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *