ओलम्पिक इतिहासमा पाकिस्तानलाई पहिलो व्यक्तिगत स्वर्ण, पाकिस्तानमा हर्ष बढाँई
थानकोट ।
दक्षिण एशियाली मुलुक पाकिस्तानले ओलम्पिक खेल उत्सवमा इतिहासमै पहिलो स्वर्ण जितेको छ ।
ज्यावलिन स्टार अर्सद नदिमले विश्व कीर्तिमान बनाउँदै पेरिस ओलम्पिक २०२४ मा स्वर्णपदक जितेका हुन् ।
बिहीबार उनको पहिलो थ्रो फाउल भएको थियो । दोस्रो थ्रोमा ९२.९७ मिटर लामो प्रहार गर्दै कीर्तिमान बनाएका हुन् ।
नदिमपछि रजतपदक जितेका भारतका निरज चोपडाले ८९.४५ मिटरको थ्रो फ्याँके । उनको पनि पहिलो प्रहार फाउल भएको थियो । ग्रानडाका एन्डरसन पिटर्सले ८८.५४ मिटर लामो थ्रो फ्याँक्दै तेस्रो स्थान हासिल गरे ।
नदिम पाकिस्तानका लागि ओलम्पिकमा स्वर्ण जित्ने पहिलो एथलिट समेत बने । पहिलो स्वर्ण जितेको खुसीयालीमा पाकिस्तानमा खुसीयाली मनाइएको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन्।

तस्बिरः गेट्टी इमेज














