पेरिस ओलम्पिक: पुरुष फुटबलको स्वर्ण स्पेनलाई, महिला फुटबलको स्वर्ण अमेरिकालाई

Thankot Times

थानकोट । 

पेरिस ओलम्पिक-२०२४ अन्तर्गत फुटबल विधाको स्वर्ण पदकको छिनोफानो भएको छ । महिला फुटबलतर्फ फाइनलमा ब्राजिललाई १-० ले हराउँदै अमेरिकाले  महिला फुटबलको स्वर्ण पदक जितेको छ ।

फ्रान्सको पेरिसस्थित पार्क डे प्रिन्सेसमा भएको खेलमा अमेरिकालाई जित दिलाउन मालोरी स्वान्सनले निर्णायक गोल गरिन् । स्वान्सनले ५७औँ मिनेटमा गोल गर्दै अमेरिकालाई अग्रतामा राखेकी थिइन् ।

महिला फुटबलमा अमेरिकाले जितेको यो पाँचौँ ओलम्पिक स्वर्ण हो । अमेरिकाले यसअघि सन् १९९६, २००४, २००८ र २०१२ मा ओलम्पिक स्वर्ण जितेको थियो ।

उपविजेतामा चित्त बुझाएको ब्राजिलले रजत पदक जितेको छ । यस्तै, जर्मनी महिला फुटबलमा कास्य जित्ने टिम बन्यो । जर्मनीले यसअघि शुक्रबार भएको खेलमा स्पेनविरुद्ध १–० को जित निकाल्दै तेस्रो स्थान हासिल गरेको थियो ।

पुरुष फुटबल तर्फको स्पर्धामा घरेलु टोली फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेनले स्वर्ण पदक जितेको छ ।

फाइनलमा स्पेनले फ्रान्सको चुनाैती ५-३ ले पन्छायो । 

कास्य पदकका लागि भएको खेलमा इजिप्टमाथि ६ गोल गर्दै मोरक्को विजयी भयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *