नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक
थानकोट ।
नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक गरिएको छ ।
शनिबार आयोजित एक कार्यक्रमका बीच खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक गरेका हुन् ।
क्यानले आगामी नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म एनपीएलको आयोजना गर्दै छ ।
गत वर्ष पनि आयोजना भएको एनपीएल विवादमा रहेको भएपनि यस वर्ष नयाँ फ़्रेन्चाइजी मोडलमा संचालन गर्न लागेको क्यानले जानकारी दिएको छ ।














