साफ यू-२० च्याम्पियनसीप : नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै

Thankot Times

थानकोट ।

काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आज समुह ए अन्तर्गत नेपाल र बंगलादेशबीच खेल हुँदैछ ।

प्रतियोगिताको सेमीफाइनलमा पुगि सकेका यी दुवै टोली समुह विजेता बन्ने दाैडमा छन् । 

प्रतियोगिताको पहिलो खेलमा नेपालले श्रीलंकामाथि १-० को संघर्षपूर्ण जित हात पारेको थियो भने बंगलादेशले श्रीलंकाको चुनाैती २-० ले पन्छाएको थियो । 

समान अंक भएपनि समुह ए मा गोल अन्तरका कारण बंगलादेश शीर्षस्थानमा छ । 

बंगलादेशको गोल अन्तर राम्रो रहेकोले नेपालसँग बराबरी खेले पनि समूह ए को विजेता बन्ने छ । नेपालको लागि भने समूह विजेता बन्न बंगलादेशलाई हराउनै पर्ने छ ।

समुह बी मा भारत समुहको शीर्षस्थानमा छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *