साफ यू-२० च्याम्पियनसिप: पहिलो सेमिफाइनलमा आज नेपाल र भुटान भिड्दै

Thankot Times

थानकोट ।

 काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलका खेल आजदेखि शुरु हुँदै छन् ।

सेमिफाइनलको पहिलो खेलमा आज नेपालले भुटानको सामना गर्दै छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराहन्न ३ बजेदेखि शुरु हुने छ ।

यस प्रतियोगितामा नेपाल समुह ए का दुवै खेल जितेर समुह विजेता हुदै सेमिफाइनल खेल्दै छ ।

नेपालले समुह चरणमा श्रीलंकालाई १-० ले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको थियो । 

त्यस्तै भुटान भने समुह बी मा उपविजेता भन्दै सेमिफाइनलमा खेल्दै छ । भुटानले माल्दिभ्सलाई २-१ ले पराजित गरेको थियो भने भारतसँग १-० ले पराजित भएको थियो ।   

त्यस्तै दोस्रो सेमिफाइनल खेल भारत र बंगलादेशबीच सोमबार हुने छ ।

प्रतियोगिताको फाइनल खेल बुधबार दशरथ रंगाशालामा हुने तालिका रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *