साफ यू-२० च्याम्पियनसिपः भारतलाई हराउँदै बंगलादेश फाइनलमा, उपाधिका लागि नेपालसँग खेल्ने
थानकोट ।
काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिपको फाइनल समीकर पूरा भएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार दिउँसो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा पेनाल्टी सुट आउटमा डिफेन्डिङ च्याम्पियन भारतलाई ४-३ गोल अन्तरले पराजित गर्दै बंगलादेश फाइनल पुगेको छ।
निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीबाट समान १-१ गोल भएपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट गरिएको थियो ।
अब बंगलादेशले उपाधिका लागि नेपालको सामना गर्ने छ ।
नेपालले आइतबार पहिलो सेमिफाइनल खेलमा भुटानलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।
फाइनल खेल बुधबार दशरथ रंगशालामा हुने तालिका रहेको छ।














