बंगलादेशलाई पहिलोपटक साफ यु-२० च्याम्पिअनसिपको उपाधि, नेपाल ४-१ ले स्तब्ध

Thankot Times

थानकोट ।

सन् २०२४ को साफ यु-२० च्याम्पिअनसिपको उपाधि बंगलादेशले जितेको छ ।

बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न फाइनल खेलमा बंगलादेशले नेपाललाई ४-१ गोल अन्तरले पराजित गर्दै पहिलोपटक सो उपाधि जितेको हो ।

खेलमा बंगलादेशले पहिलो हाफको अन्त्यमा पहिलो गोल गरेको थियो ।

बंगालदेशका लागि पहिलो गोल मिरजुल इस्माइलले गरेका थिए ।

त्यसपछि दोस्रो गोल मिराजुलले नै खेलको ५५औं मिनेटमा गरेका थिए । त्यस्तै बंगलादेशका लागि तेस्रो गोल खेलको ७१औं मिनेटमा रब्बी हुसेनले गरेका थिए भने ९० मिनेटको इन्जुरी समयपछि बंगलादेशक पियास अहमद नोभाले चौथो गोल गरेका थिए ।

नेपालका लागि एक गोल समीर तामाङले ८०औं मिनेटमा गरेका थिए ।

तस्बिरः एन्फा


Leave a Reply

Your email address will not be published. Required fields are marked *