पारा ओलम्पिक-२०२४ः नेपालकी पलेशाले जितिन् ऐतिहासिक कास्य पदक

Thankot Times

थानकोट ।

फ्रान्सको पेरिसमा जारी पारा ओलम्पिकमा नेपालले कास्य पदक जितेको छ ।

नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले जारी पारा ओलम्पिकमा ऐतिहासिक कास्य पदक जितेकी छन् ।

पलेशाले के ४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजी मुनि तौलमा कास्य जितेकी हुन् ।

कास्य पदकको लागि भएको खेलमा पलेशाले सर्वियाकी मारिया मिसेभलाई १५-८ ले पराजित गरेकी हुन् ।

नेपाली खेलकुदको इतिहासमै ओलम्पिकमा आधिकारिक पदक जित्ने पलेशा पहिलो खेलाडी बन्दै कीर्तिमान रचेकी छिन् ।

जारी पारा ओलम्पिकमा  नेपालसहित ४८ टोलीले पदक जितेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *