ओलम्पिकमा ऐतिहासिक पदक विजेता पलेशालाई भोलि नगर परिक्रमा गराइने

Thankot Times

थानकोट ।
पारालिम्पिक्समा ऐतिहासिक पदक जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगर परिक्रमा गराइने भएको छ ।

पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरी अन्तरगत महिला ५७ केजीताैल समुहमा प्रतिस्पर्धा गरेकी पलेशाले कास्य पदक जितेकी थिइन् । यो नै नेपाली खेलाडीहरुले ओलम्पिकमा जितेको पहिलो पदक हो । पदक विजेता पलोशा भोलि बुधबार काठमाडौं आइपुग्दै छिन् ।

उनीसहित नेपाली टोलीलाई नगर परिक्रमासहित स्वागत गरिने राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ ।

राखेपका अनुसार भोलि बुधबार बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट र्‍याली सुरु हुनेछ ।

गौशला, नयाँ बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली हुँदै रापेख परिसर त्रिपुरेश्वर पुगेर सकिनेछ ।

तस्बिरः राखेप


Leave a Reply

Your email address will not be published. Required fields are marked *