साफ यू-२० च्याम्पियनसीपमा उपविजेता बनेको नेपाली टिमलाई जनही ५० हजार पुरस्कार
थानकोट ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले हालै सम्पन्न दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु-२० च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोलीका खेलाडीलाई जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने भएको छ ।
एन्फा कार्यसमितिको बैठकले युवा टोलीका खेलाडीलाई पुरस्कार दिने निर्णय गरेको हो ।
यस्तै एन्फाले टोलीका मुख्य प्रशिक्षकलाई ५० हजार तथा सहायक प्रशिक्षक शसेन्द्र धिमाल र राजुसिंह महर्जन, व्यवस्थापक रविन खड्का तथा फिँजियो अनिश बुढाथोकीलाई जनही २५ हजार रुपियाँ प्रदान गर्ने निर्णय गरेको छ ।
गत बुधबार सम्पन्न फाइनल खेलमा नेपाल बङ्गलादेशसँग ४-१ गोलले पराजित भएको थियो ।
नेपालले हालसम्म २ पटक साफ यू-२० को उपाधि जितेको छ ।














