साफ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक, नेपाल समूह ‘बी’ मा

Thankot Times

थानकोट ।

साफ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ ।

दशरथ रंगशालामा अक्टोबर १७ देखि ३० सम्म हुने तालिका रहेको साफको तालिका बुधबार सार्वजनिक भएको हो ।

सार्वजनिक तालिकाअनुसार १७ अक्टोबरमा उद्घाटन खेलमा पाकिस्तान र भारतबीच प्रतिस्पर्धा हुनेछ ।

घरेलु टिम नेपालले भने १८ अक्टोबरमा भुटानविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ ।

यो समूहमा नेपालसँगै श्रीलंका, माल्दिभ्स र भुटान छन् । यस्तै, समूह ‘ए’ मा साविक विजेता बंगलादेश, भारत र पाकिस्तान छन् ।

प्रतियोगिताको सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *