बल्खुका बाढी पीडितहरूसँग प्रचण्डको अन्तरक्रिया
थानकोट ।
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बल्खुका बाढी पीडितहरूसँग भेट तथा अन्तर्क्रिया गरेका छन् ।
उनले सो क्षेत्रको स्थलगत अवलोकन, पीडित जनतालाई सम्बोधन साथै त्यहाँ गर्नुपर्ने आवश्यक सहयोगका लागि पहल लिने प्रतिबद्धता जनाएका छन् ।
असोज १० गतेदेखिको वर्षाका कारण आएको बाढीले बल्खु क्षेत्र निकै प्रभावित बनेको थियो ।










