नागढुङ्गा सुरुङ शिलान्यास हुँदाकाे शिलालेख जेन-जी प्रदर्शनपछि भेटिएन !

Thankot Times

थानकोट ।

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास शिलालेख आयोजना स्थलमा नभेटिएको विषय अहिले चर्चामा आएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते शिलान्यासका क्रममा अनावरण गर्नुभएको शिलालेख उद्घाटनका बेला आयोजना स्थलमा नरहेपछि यसको चर्चा शुरू भएको हो ।

आयोजनाका उपनिर्देशक सञ्जय पन्थीले शिलालेख स्थापना गरिएको ठाउँमा सुरुङ निर्माण गर्नुपर्ने भएकाले निर्माण कार्यका क्रममा नै शिलालेख त्यहाँबाट हटाएर सडक विभागमा सुरक्षित रूपमा राखिएको जानकारी दिए ।

उनका अनुसार त्यसपछि गएकाे भदौमा भएको नवयुवा आन्दोलनका क्रममा सडक विभागमा आगलागी भएपछि त्याे शिलालेख फेला नपरेको हो ।

शिलालेख हटाउन माथिल्लो निकायबाट कुनै दबाव वा निर्देशन नआएको स्पष्ट पार्दै उनले उद्घाटन समारोहका लागि सुरक्षित राखिएको शिलालेख पुनः आयोजना स्थलमा ल्याउन खोजिएको भए पनि फेला नपरेको बताए ।

उपनिर्देशक पन्थीले तत्कालीन शिलालेख नभेटिएपछि अब यस विषयमा के गर्ने भन्ने निर्णय सडक विभाग वा नेपाल सरकारको निर्देशनअनुसार हुने जानकारी दिए ।

फाइल फोटो दिपेश श्रेष्ठ


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ